SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ ०५:१९ AM · 1 मिनेट पढाइ

कलाकार सुनिल थापाको निधन

काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या देखिएपछि थापालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । उनका आफन्तहरू अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आइपुगेपछि मात्र औपचारिक घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।