SHARE
बुटवल टुडे · शनिबार २४ माघ २०८२ ०६:४६ AM · 1 मिनेट पढाइ

नेपथ्यको नेपाल यात्राअन्तरगत आज बुटवलमा कन्सर्ट

बुटवल । देशकै लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्यको नेपाल टूरअन्तर्गत आज बुटवलमा कन्सर्ट हुँदै छ । हेटौडाबाट नेपाल यात्रा थालेको नेपथ्यको बुटवल कन्सर्टको व्यवस्थापन ब्याकअप इभेन्टसले गरेको छ। बुटवल रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलको कम्पाउण्डमा हुने कन्सर्टका लागि नेपथ्यका मूख्य गायक अमृत गुरुङसहितको टीम बुटवल आइसकेको छ।