SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०१:३८ AM · 1 मिनेट पढाइ

प्राविधिक शिक्षाको जग बसाल्ने बीटीआई

बुटवल । सन् १९५८ मा नर्वेका इन्जिनियर अड हफ्टन नेपाल आए । हफ्टनले बुटवल टेक्निकल इन्स्टिच्युटको स्थापना गरे । नर्वेबाट ल्याएको पूरानो बसलाई अस्थायी कार्यालय बनाएर उनले बुटवल टेक्निकल इन्स्टिच्युटको जग बसालेका थिए । हफ्टन ८ जनवरी १९५८ मा पाल्पा मिसन अस्पताल निर्माण कार्यको लागि पहिलो पटक नेपाल आएका थिए ।