SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०५:५६ AM · 1 मिनेट पढाइ

समयमा भुक्तानी नपाउँदा बाँकेका साना निर्माण व्यवसायी समस्यामा

बाँके, १९ माघ । समयमा भुक्तानी नहुँदा बाँकेका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन् । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका १० प्रतिशत साना निर्माण व्यवसायी भुक्तानी समस्याका कारण प्रत्येकवर्ष पलायन हुने गरेको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष लीलाराज उपाध्यायले बताए ।