SHARE
बुटवल टुडे · सोमबार १९ माघ २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

छोटो सीप, दिगो रोजगारी

बुटवल । ‘जिउँदै म-याको भनी नाउँ कसको ? उद्यम बिना बित्दछ काल जसको ।’… यी कविताको अंस हुन् आदिकवि भानुभक्त आचार्यको । कविता प्रश्नोत्तरमा कविले जिउँदै मरेको कसलाई भन्ने भनी प्रश्न गरेका छन् र उत्तर दिँदै भनेका छन्, ‘उद्यम बिना बित्दछ काल जसको ।’ अर्थात् जिउँदै मरेको भनेको त्यो मानिस हो जो उद्यमबिना समय बिताउँदछ ।