SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०२:५९ AM · 1 मिनेट पढाइ

पर्यटक पर्खँदै स्वर्ग जाने बाटोसहितको गुफा

 गुल्मी, १५ माघ । गुल्मीको पर्यटकीय क्षेत्रको रूपमा चिनिने विचित्र गुफा यति बेला पर्यटकहरूको पर्खाइमा छ । आफैमा निकै सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकको लागि मुख्य आकर्षक गन्तव्य स्थल मानिन्छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको उक्त गुफा नेपालका चर्चित गुफाहरू मध्येमा पर्दछ ।