स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित
काठमाडौँ १६ माघ । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बङ्गलादेशले स्कटल्यान्डमाथि ९० रनको फराकिलो जित हात पारेको छ । यसअघि नै महिला विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेको बङ्गलादेशले आजको खेलमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१ रन बनाएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
