SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०७:३१ AM · 1 मिनेट पढाइ

अमेरिकी सरकार सटडाउनतर्फ

काठमान्डौ, १६ माघ । अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु हुने देखिएको हो ।