SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०८:०५ AM · 1 मिनेट पढाइ

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । यहाँ स्थित एउटा भट्टामा ५० लाखदेखि एक करोड थान तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए । उनका अनुसार बाँकेमा मात्रै करिब रु १० करोडको इँटा नोक्सानी भएको छ ।