SHARE
बुटवल टुडे · शुक्रबार​ १६ माघ २०८२ ०८:३४ AM · 1 मिनेट पढाइ

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन् । चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुग्नुभएका अभिनेता शाहले आफूले चाहना राखेको भूमिका चलचित्रमा निर्वाह गर्न पाएको बताए ।