अर्घाखाँचीमा टिप्परको ठक्करबाट १ जनाको मृत्यु
अर्घाखाँची । सालझण्डी–सन्धिखर्क (ढोरपाटन) सडक खण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिप्परले ठक्कर दिँदा पैदलयात्री मालारानी गाउँपालिका–५ निवासी करिब ३२ वर्षीय उमेश खत्रीको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले जानकारी जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
