SHARE
बुटवल टुडे · शनिबार १७ माघ २०८२ ०३:१३ AM · 1 मिनेट पढाइ

दाङ–२ मा चुनावी एजेण्डाः स्थिरता कि अपूरो राजधानी ?

दाङ/लमही, १७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै गएको छ । ठुला दलका प्रभावशाली उम्मेदवार र स्वतन्त्र उम्मेदवारबिचको प्रतिस्पर्धाले यो क्षेत्रको चुनाव रोचक बन्ने देखिएको छ ।