SHARE
बुटवल टुडे · शनिबार १७ माघ २०८२ ०३:३७ AM · 1 मिनेट पढाइ

शङ्कराचार्य परम्परा र अविमुक्तेश्वरानन्दको विवाद

आद्य गुरु शङ्कराचार्यलाई नेपालमा केही नबुझेका धार्मिक भन्नेहरूले पनि शैव भनी अपव्याख्या पनि गर्दछन् । तर, उहाँका बारेमा अध्ययन गरिसकेपछि त्यस किसिमले उहाँको व्याख्या गर्नु ठुलो भूल हुन्छ । उहाँ हाम्रो वैदिक हिन्दु धर्मको मूल सनातन परम्पराकै आचार्य हुनुहुन्छ । वेद विहित पञ्चदेवोपासन पद्धतिलाई नै उहाँले उजागर गर्नुभएको थियो ।