SHARE
बुटवल टुडे · शनिबार १७ माघ २०८२ ०४:३६ AM · 1 मिनेट पढाइ

बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

बागलुङ, १७ माघ । यस वर्ष बागलुङमा रु. २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु. ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो ।