SHARE
बुटवल टुडे · शनिबार १७ माघ २०८२ ०४:४३ AM · 1 मिनेट पढाइ

सम्बन्ध विच्छेदका कारण बालश्रम बढ्दै

भोजपुर, १७ माघ । सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् । वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् ।