SHARE
बुटवल टुडे · शनिबार १७ माघ २०८२ ०५:५७ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा २ हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर, १७ माघ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारीलाई खटाइने भएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र छन् ।