SHARE
बुटवल टुडे · शनिबार १७ माघ २०८२ ०६:१४ AM · 1 मिनेट पढाइ

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

किएभ, १७ माघ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको ‘ऊर्जा पूर्वाधार’ युद्धविराममा युक्रेन पूर्ण रूपमा तयार रहेको बताएका छन् । युक्रेनी समाचार एजेन्सीका अनुसार, शुक्रबार रातिदेखि लागू भएको यो युद्धविराममा युक्रेनले आक्रमण रोक्ने प्रतिबद्धता जनाएको छ ।