SHARE
बुटवल टुडे · शनिबार १७ माघ २०८२ ०६:२८ AM · 1 मिनेट पढाइ

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

दाङ, १७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेकपा (एमाले) महासचिव शंकर पोखरेल मतदातासँगको भेटघाट बढाएका छन् । उनले दाङका मतदासँग  संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै  जनताको  घर–घर पुगेका हुन् ।