SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०२:०४ AM · 1 मिनेट पढाइ

गुल्मी–१ निर्वाचन: पुरानालाई चुनौती, नयाँको परीक्षा

गुल्मी, १८ माघ ।  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा यति बेला चुनावी चहलपहल बढ्दै जान थालेको छ । यस क्षेत्रमा लामो समयदेखि स्थापित, राष्ट्रिय राजनीतिको केन्द्रमा प्रभाव जमाइसकेका ‘हेभी वेट’ नेताहरू र पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीतिको नारा बोकेर उदाएका नयाँ अनुहारबिच कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।