SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०२:२८ AM · 1 मिनेट पढाइ

एक्स्पोमा मुख्य आकर्षण: संस्कृति जोगाउँदै, आयआर्जन बढाउँदै

बर्दघाट, १८ माघ । स्थानीय स्तरमा आफ्नै समूहद्वारा उत्पादित वस्तुको बिक्री एवम् प्रवर्द्धनसँगै संस्कृति संरक्षणमा समेत महिला र जनजाति अग्रणी स्थानमा देखिएका छन् । बर्दघाट उद्योग व्यापार सङ्घद्वारा आयोजित प्रथम बर्दघाट एक्स्पोमा नगरभित्रका विभिन्न समुदाय र महिला उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुको प्रवर्द्धन र बिक्री गर्दै व्यावसायिकतातर्फ उन्मुख भएका हुन् ।