SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०५:४४ AM · 1 मिनेट पढाइ

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

काठमाडौँ, १८ माघ । देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ । वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो ।