SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा

काठमान्डौ, १८ माघ । नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने अभ्यासात्मक काउन्टडाउन (र्प्याक्टिस काउन्टडाउन) सुरु गरेको हो, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियासम्म पुग्ने तयारी परीक्षण गर्नेछ ।