SHARE
बुटवल टुडे · आइबार​ १८ माघ २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह

काठमाडौँ, १८ माघ । नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिन्ह प्रयोग गर्न आग्रह गरेको छ । आज महामन्त्री मीनबहादुर मल्लले जारी गरेको विज्ञप्तिमा रेडक्रसको चिन्ह जेनेभा महासन्धीअनुसार अन्तरराष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि रेडक्रसको चिन्हको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।