SHARE
बुटवल टुडे · शनिबार १० माघ २०८२ ०३:३६ AM · 1 मिनेट पढाइ

जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग

उनी निरंकुश राणा वंशमा जन्मिए । तर, उनको नसामा भने प्रजातन्त्रको रगत बग्थ्यो । वि.सं. २००७ को क्रान्तिमा काठमाडौँका अधिकांश राणाहरू पारिवारिक शासन कसरी जोगाउन सकिन्छ भन्ने ध्याउन्नमा रहँदा उनी भने राणा शासनविरुद्धको युद्धमोर्चामा थिए । त्यो क्रान्तिमा उनले सञ्चारकर्मी (पत्रकार होइन) को भूमिका पनि निर्वाह गरे ।