SHARE
बुटवल टुडे · शनिबार १० माघ २०८२ ०३:५४ AM · 1 मिनेट पढाइ

भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग

भैरहवा, १० माघ ।  सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले शुक्रबार भैरहवामा एक विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । सङ्घको आफ्नै सचिवालयमा आयोजित उक्त कार्यक्रममा उद्योगी, व्यवसायी र भन्सार प्रशासनका अधिकारीहरू बिच नेपाल भन्सार प्रशासनका चुनौती बारे छलफल भएको थियो ।