रिटर्नीहरुबाट देशले लाभ लिने वातावरण बनाउँछु : विश्वदीप
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुभाष पाण्डे (विश्वदीप) ले वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) नेपालीहरूको ज्ञान, सिप र अनुभवबाट देशले प्रत्यक्ष लाभ लिने वातावरण बनाउन पहल गर्ने बताएका छन्। रिटर्नी सेन्टर नेपालद्वारा शनिबार बुटवल–१२ मिलनपार्कमा आयोजित भेला तथा वनभोज कार्यक्रममा सम्बोधन गर्दै उनले रिटर्नीहरूलाई उद्यमशीलतासँग जोड्ने स्पष्ट नीति आवश्यक रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
