SHARE
बुटवल टुडे · शनिबार १० माघ २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

प्रेस चौतारी नेपाल कपिलवस्तुको जिल्ला बैठक सम्पन्न

जितपुर । प्रेस चौतारी नेपाल कपिलवस्तुको जिल्ला बैठक गोरुसिङ्गेमा सम्पन्न भएको छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रचार–प्रसार तथा सङ्गठन सुदृढीकरणसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकले निर्वाचनको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन जिल्लालाई तीन वटै निर्वाचन क्षेत्रमा विभाजन गरी समाचार डेस्क तथा क्षेत्रगत जिम्मेवारी तोकेको छ।