SHARE
बुटवल टुडे · आइबार​ ११ माघ २०८२ ०२:२७ AM · 1 मिनेट पढाइ

दाङ देउखुरी सेवा समाजको १४औँ स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

कतार । दोहा—कतार कतारमा स्थापित सामाजिक संस्था दाङ देउखुरी सेवा समाज कतारले आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ । शुक्रवार गोरखाली रेस्टुरेन्टको सभा हलमा समाजका का:वा अध्यक्ष मनीषा खड्काको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष साजन लौडारीको प्रमुख आतिथ्यमा”१४ औ स्थापना दिवस तथा वार्षिक भेला २०२६” मनाएको हो ।