फ्रान्समा १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी तीव्र
काठमाडौँ । फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोँनले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । एक टेलिभिजनमार्फत् प्रसारण गरिएको भिडियो सन्देशमा उनले यो प्रतिबन्ध आगामी शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि लागू गर्न चाहेको बताए ।
