SHARE
बुटवल टुडे · आइबार​ ११ माघ २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

साँझ ५ बजेसम्म राष्ट्रिय सभाको एकमुष्ट नतिजा सार्वजनिक हुन्छ : रामप्रसाद भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् । रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । तीमध्ये कोशी प्रदेशको एक पदमा निर्विरोध निर्वाचन भइसकेको छ ।