SHARE
बुटवल टुडे · आइबार​ ११ माघ २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि २० लाख रुपैयाँको बीमा

काठमाडौँ । आगामी निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षामा ध्यान दिँदै निर्वाचन आयोगले सबै कर्मचारीका लागि दुर्घटना बीमा लागू गरेको छ । आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीहरूका लागि प्रत्येक जनही २० लाख रुपैयाँको बीमा गरेको जनाएको छ । निर्वाचनमा खटिने कुल २ लाख १३ हजार १६१ जना कर्मचारी यस बीमाबाट लाभान्वित हुनेछन् ।