SHARE
बुटवल टुडे · आइबार​ ११ माघ २०८२ १०:०६ AM · 1 मिनेट पढाइ

चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सुनुवाइ सकियो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सुनुवाइ पूर्ण भएको छ । चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ सकिएको हो । चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् ।