SHARE
बुटवल टुडे · आइबार​ ११ माघ २०८२ १०:२७ AM · 1 मिनेट पढाइ

चुनावी माहोलसँगै सेयरबजारमा उत्साह, नेप्से ५७ अंकले बढ्यो

काठमाडौँ, ११ माघ । देशभरि चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह देखिएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा लगानीकर्तामा विश्वास बढ्दै गएको छ, जसले नेप्से परिसूचकमा उच्च अंकको सुधार ल्याएको हो । ६ माघमा चुनावी उम्मेदवारको नाम दर्ता भएसँगै बजार सकारात्मक हुँदै आएको छ ।