SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०३:२१ AM · 1 मिनेट पढाइ

थकानपछि सुरु हुने रात्रीकालीन पढाइ

बुटवल, १२ माघ । बुटवल साँझपख चुपचाप अन्धकारतिर धकेलिँदै जान्छ । पसलका सटर बन्द हुन्छन् । तर यही समय, जब धेरैका लागि दिन सकिन्छ, त्यही बेला केही युवाका लागि पढाइ सुरु हुन्छ । ज्ञानोदय रात्रिकालीन माध्यमिक विद्यालयको गेट बेलुकी चार बजेपछि मात्रै खुल्छ । कोही होटलमा भाँडा माझेर आएका हुन्छन्, कोही निर्माण मजदुरी गरेर, कोही पसलमा काम सकेर ।