SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०३:५१ AM · 1 मिनेट पढाइ

‘नबिर्सौँ अब– देश बने मात्रै हामी बन्छौँ’ 

हामीले हाम्रा शासकहरूबाट नीति, दृष्टिकोण, सिद्धान्त, व्यवहार, आनीबानी, कार्यशैली कुनै पनि क्षेत्रमा निश्चितता पाउन सकेनौँ । हामीलाई सधैभरि अनिश्चितताको स्थितिमा अलमल्याएर शासन गरे । जनतालाई सदा काल अलमल र अन्योलको भूमरीमा गाढेर आफूहरू मनपरीतन्त्रको चास्नीमा डुवेका छन् तर देश भने बर्वाद छ । जनताको अवस्था वर्वाद भयो ।