SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०४:१८ AM · 1 मिनेट पढाइ

एक महिनाको अन्तरालमा पण्डितपुरमा पुनः उत्खनन

सुनवल । पश्चिम नवलपरासीको रामग्राम–१८ मा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरको उत्खननको क्रममा जमिनमुनि महत्त्वपूर्ण प्राचीन संरचना भेटिएपछि पुनः उत्खनन गरिएको छ । गत मङ्सिर महिनामा एक महिना सम्म भएको उत्खननको क्रममा प्राचीन विहारको भौतिक संरचना भेटिएको छ ।