SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

मेक्सिकोको फुटबल मैदानमा सशस्त्र आक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा ११ जनाको ज्यान गएको छ । आइतबार सलामान्का सहर नजिकै रहेको उक्त मैदानमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले यो जानकारी दिएको हो ।