SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभर मौसम प्रतिकूल हुने जनाएको छ । महाशाखाका अनुसार सोमबार मौसम सामान्यतया सफा रहनेछ । तर, मंगलबार र बुधबार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।