SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

गगन थापा भन्छन्– देश जोड्न मधेस जाँदै छु

काठमाडौँ ।  प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनका लागि सर्लाही जानुअघि नेपाली कांग्रेसका सभापति गगन थापाले भिडिओ सन्देशमार्फत काठमाडौँ–४ का मतदातालाई धन्यवाद दिएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । यसअघि उनी काठमाडौँ–४ बाट लगातार प्रतिस्पर्धा गर्दै आएका थिए ।