SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०९:३५ AM · 1 मिनेट पढाइ

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबिच शिष्टाचार भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा उनीहरूले पछिल्लो राजनीतिक परिस्थिति, चुनाव तथा अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको विषयमा छलफल गरेका छन् ।