SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०९:४६ AM · 1 मिनेट पढाइ

२५ दिनपछि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी खुल्यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी २५ दिनपछि खोलिएको छ । अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले लगाएको ताला आज विश्वविद्यालय प्रशासन र प्रहरीको सहयोगमा खोलिएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा लागेको ताला आफैले खोलेको जानकारी दिएका छन् ।