SHARE
बुटवल टुडे · मङगलबार १३ माघ २०८२ ०३:०८ AM · 1 मिनेट पढाइ

१० महिना पछि मेलमिलाप केन्द्र शुभारम्भ

नवलपरासी, १३ माघ । उद्योग वाणिज्य सङ्घ नवलपरासीले सङ्घको कार्यालयमा वाणिज्य तथा वित्तीय समस्यालाई मेलमिलापको माध्यमबाट समाधान गर्न मेलमिलाप केन्द्रको शुभारम्भ गरेको छ । शुभारम्भ कार्यक्रममा जिल्ला अदालतका प्रमुख न्यायाधीश डा. राजेन्द्र प्रसाद आचार्यले केन्द्रको उद्घाटन गरेका हुन् ।