SHARE
बुटवल टुडे · मङगलबार १३ माघ २०८२ १०:३४ AM · 1 मिनेट पढाइ

चाइना युनानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली यू–२० महिला टोली सार्वजनिक

काठमाडौँ । चाइना युनानको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलका लागि २० वर्षमुनिको नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज उक्त मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो । मैत्रीपूर्ण फुटबल आउँदो शनिबार काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुनेछ ।