SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०२:५५ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता

बुटवल, ०९ माघ । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगबाट हालै प्रकाशित तथ्याङ्कअनुसार बागमती प्रदेश र कोसी प्रदेशपछि मतदाता सङ्ख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ ।