SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०३:०९ AM · 1 मिनेट पढाइ

आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्न देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने धार्मिक विश्वास छ ।