SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०३:४२ AM · 1 मिनेट पढाइ

घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु

भैरहवा, ०९ माघ । नेपालमा सङ्घीयता कार्यान्वयनमा आएपछि जिल्ला समन्वय समितिको भूमिकालाई लिएर धेरै प्रश्नहरू उठे, कतिपयले यसलाई काम नभएको निकाय समेत भने । तर, रुपन्देही जिल्ला समन्वय समितिले यस्ता प्रश्नहरूको जवाफ बोलीबाट होइन, ‘घुम्ती बैठक’ को एउटा नव प्रवर्तनात्मक अभ्यासबाट दिएको छ ।