SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०४:०९ AM · 1 मिनेट पढाइ

वसन्त पञ्चमीको परम्परा र महत्त्व

वसन्त ऋतु उत्पादक, उर्वर, ऊर्जाशील नवीन कार्यको शुभारम्भ हुने समय हो । बोटबिरुवामा कोपिला लाग्दछ । चराचुरुंगीहरूले फूल पार्ने र बच्चा कोरल्ने गर्दछन् । हिउँदमा खुम्चिएका जीव जनावर पनि फुर्तिला हुन्छन् । प्रकृति र मानव जगतमा चहलपहल बढ्छ । यस प्रकारको गतिशील समयको द्योतक वसन्तपञ्चमी हो । वसन्तपञ्चमी अर्थात् जनबोलीमा रहेको श्रीपञ्चमी यस वर्ष माघ ९ गते परेको छ ।