SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०८:०२ AM · 1 मिनेट पढाइ

एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो

काठमाडौँ ।  सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।