SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०८:३७ AM · 1 मिनेट पढाइ

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो

काठमाडौँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ । कोषले आज सूचना जारी गर्दै आठौँ तहको प्रवन्धकदेखि चौथो तहको सहायकसम्मका पदमा गरी ३६ जना कर्मचारी माग गरेको हो । रिक्त पदहरूमा खुला प्रतियोगितामार्फत समावेशी रूपमा स्थायी पदपूर्ति गर्न लागिएको कोषले जनाएको छ ।