SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

 काठमाडौं, ९ माघ । निर्वाचन आयोगका अनुसार देशभर हालसम्म ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए कि यसअघि देशभर ३ हजार ४८७ जनाले मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।